पोखरा पहिलोपटक राष्ट्रिय स्नुकर प्रतियोगिता हुने
पाेखरा | साउन २९, २०७९
पोखरामा पहिलो पटक राष्ट्रिय स्तरको खुल्ला स्नुकर प्रतियोगिता आयोजना हुने भएको छ ।
डेभिज स्नुकर क्लबले आगामी भदौ १२ देखि १९ गतेसम्म सञ्चालन गर्ने आज (आइतबार) आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।
आयोजकका अनुसार प्रतियोगितामा विजेता तथा उपविजेताले नगद १ लाख ५१ हजार १ सय ११ र ७१ हजार १ सय ११ र ट्रफी शिल्ड पाउनेछन् । खेलको सेमिफाइनल पुग्ने दुुई जनाले नगद १५ हजार ट्रफी सहित शिल्ड प्राप्त गर्नेछन् भने, सर्वाधिक ब्रेकरले २१ हजार १ सय ११ ट्रफी, शिल्ड पाउनेछन् ।
प्रतियोगिताको अवसरमा कास्की जिल्ला तथा विभिन्न क्षेत्रमा रहि स्नुकर खेललाई स्थापित गराउन सहयोग गर्ने व्यक्तिहरुलाई सम्मान समेत गरिनेछ । गण्डकी प्रदेशको सर्वाधिक पुुरस्कार राशीको यस प्रतियोगिताले पोखराको आन्तरिक तथा बाह्य पर्यटन प्रबद्र्धनमा सहयोग पुर्याउने आयोजकले लक्ष्य लिएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

